नेपाल राष्ट्र बैंकले आन्तरिक ऋणको समय सार्वजनिक गर्दै माघदेखि चैतसम्म ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने जानकारी दिएको हो। दोस्रो त्रैमासमा भने सरकारले ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो।
सरकारले तेस्रो त्रैमासमा ट्रजरी बिलमार्फत ६० अर्ब, विकास ऋणपत्रमार्फत २५ अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्रमार्फत ५० करोड गरेर कुल ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो। ट्रेजरी बिल र विकास ऋणपत्रको ब्याजदर बोलकबोलका आधारमा तय हुने गर्दछ ।