हिमालयन बैंकको पुँजी ३४ अर्ब रुपैयाँ

हिमालयन बैंकको पुँजी ३४ अर्ब रुपैयाँ भएको छ । सिभिल बैंक प्राप्ति पछि बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ नाघेको बैंकले जनाएको छ । पुँजीको आधारमा नेपालकाे छैटौं ठूलो बैंक भएको छ ।

त्यस्तै, बैंकमा कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ भएको छ भने कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ भएको हिमालयन बैंकले जनाएको छ ।

सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कुल शाखा १८९ वटा भएको छ । सिभिललाई प्राप्तिपछि बैंकले शुक्रबारदेखि एकिकृत कारोबार गर्दैैछ ।

प्रतिक्रिया दिनुहोस