सोलु हाइड्रो पावर लिमिटेडले ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजना निर्माण गर्ने

सोलु हाइड्रो पावर लिमिटेडले ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले कोशी प्रदेशको सोलुखुम्बु जिल्ला भई बग्ने सोलु खोलाको पानीलाई प्रयोग गरी आयोजना निर्माण गर्न लागेको हो ।

कम्पनीले आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्न सार्वजनिक सुनुवाई गर्ने भएको छ । कम्पनीले निर्माण गर्न लागेको आयोजनाको प्रतिवेदन तयार पार्न सार्वजनिक सुनुवाई गर्न लागेको छ ।सोलु खोलाको पानी साल्मे नजिकै ब्यारेजमार्फत बहाव परिवर्तन गरेर ४ वटा गेट भएको इन्टेक मार्फत ४२६० मिटर लामो सुरूङ हुँदै ४४.६ मिटर उचाई र ९ मिटर ब्यास भइको सर्ज शाफ्टसम्म  पुग्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ४१ मेगावाटको २ वटा पेल्टन टर्बाइनमार्फत कुल ८२ मेगावाट विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस