यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी जस्ता आइरनतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ । सिस्नो शाकाहारीको लागि अति उत्तम भोजन हो । त्यसैले यो दसैंमा सिस्नोको तरिकारी शाकाहारीको लागि उपयुक्त मानिन्छ । चिकित्सकहरुका अनुसार यसमा २५ प्रतिशतसम्म प्रोटिन प्राप्त हुन्छ ।