आइतबार सुनको भाउ तोलामा २७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ तोकेको जनाएको छ ।
यसअघि शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ थियो । जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।