भुगर्भ सिमेन्ट लि. ले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । भुगर्भ सिमेन्ट लि. ले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले  काठमाण्डौं स्थित भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारण उद्योग प्रभावित क्षेत्र, नेपाल सरकारको स्वीकृती लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत मा जारी पूँजीको २० प्रतिशतका दरले आईपीओ निष्कासन गर्ने जनाएको  छ ,
कम्पनीले प्रति सेयर अंकित मूल्य रु.१०० मा आईपीओ निष्कासन गर्ने तयारी गर्यो  । साधारण सेयरको सार्वजनिक निष्काशन गर्नको लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडबीच असार १३ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौता समेत  सम्पन्न भएको छ ।  

प्रतिक्रिया दिनुहोस