सोमबार सेयर बजार मापक परिसूचक नेप्से २२.१४ अंक बढेको छ भने उक्त अंकको वृद्धि बाट २७६० मा कायम आजको कारोबार भएको छ । त्यस्तै परिसूचक सँगै कारोबार रकम पनि बढेको नेप्सेको रिजल्टले देखाएको छ । अघिल्लो दिनमा ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको हो भने आज सोमबार भने

११ अर्ब ३१ करोडको वृद्धि कारोबार भयो ।जम्मा १४३ कम्पनीको मूल्य बढ्दा ९२ को घटेको छ भने ९ को स्थिर नै रह्यो । आजको दिन क्षेत्रगत सूचक लाई हेर्दा मिश्रित प्रतिक्रिया देखियो । माइक्रोफाइनान्स को सूचक सबैभन्दा धेरै ३.२ % बढ्यो । साथै साहस उर्जाको सर्वाधिक सेयर कारोबार भयो भने यो कम्पनीको ३८ करोड १७ लाख बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको २६ करोड १५ लाख,अरुण भ्याली हाईड्रोको २५ करोड १० लाख र सानिमा माई हाईड्रोको २२ करोड ७६ लाख बढीको सेयर कारोबार भयो ।