बुधबार पनि सेयर बजार कारोबारमा गिरावट

बुधबार पनि सेयर बजार कारोबारमा गिरावट नै आएको छ । लगातार तेस्रो दिन सम्म आइपुग्दा पनि घट्ने क्रममा रहेको आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२८ प्रतिशत अर्थात ७.७९ अंकले घटेर २ हजार ६८८.८८ विन्दुमा नै सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनी मानिएका हरुको मापक हेर्दा सेन्सेटिभ इन्डेक्स ०.१६ % ले घटेर ४७० विन्दुमा झरेको आकडाले जनाएको छ ।
आज बुधबार नेप्सेमा सूचीकृत भएका ३४३ वटा स्क्रिप्टको ९७ लाख ७७ हजार ५१२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब २ करोड ९३ लाख बढीको सेयर कारोबार भएको छ । यस्तै अघिल्लो दिन भने ४ अर्ब ४२ करोड बढीको सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस