दिगो विकास (Sustainable Development) भनेको आजको पुस्ताको आवश्यकता पूरा गर्दा भविष्यका पुस्ताले आफ्नो आवश्यकता पूरा गर्न सक्ने क्षमतामा असर नपर्ने गरी गरिने विकास हो।
सरल भाषामा भन्नू पर्दा आज विकास गर्ने, तर प्रकृति र भविष्यलाई नबिगार्ने।
दिगो विकासका मुख्य ३ आधार हुन्छन्:
वातावरण संरक्षण — वन, पानी, माटो, हावा जोगाउने।
आर्थिक विकास रोजगारी, आय र उत्पादन बढाउने।
सामाजिक विकास – शिक्षा, स्वास्थ्य, समान अवसर र जीवनस्तर सुधार गर्ने जस्तै नेपालमा जलविद्युत् उत्पादन गरेर रोजगारी र अर्थतन्त्र बढाउनु, तर नदी, वन र स्थानीय समुदायको वातावरण तथा अधिकारलाई पनि संरक्षण गर्नु दिगो विकासको उदाहरण हो।