लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ। 

आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकका तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन्। मर्ज भएपछि बन्ने संस्थाको नाम ‘लक्ष्मी सनराइज बैंक लिमिटेड हुनेछ’ भने लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहनेछन्। 

प्रतिक्रिया दिनुहोस