बैंकिङ प्रणालीमा ५९ खर्ब निक्षेप

बैंकिङ प्रणालीमा ५९ खर्ब निक्षेप पुगेको छ। एकैदिन ४ अर्ब निक्षेप थपिएसँगै प्रणालीमा ५९ खर्ब निक्षेप पुगेको हो। कात्तिक १८ गते प्रणालीमा ५८ खर्ब ९६ अर्ब निक्षेप थियो। त्यही अवधिमा बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ७७ अर्ब कर्जा प्रवाह गरेका छन्।
वाणिज्य बैंकहरुले मात्रै ५२ खर्ब १४ अर्ब निक्षेप पुग्दा ४४ खर्ब ५ अर्ब कर्जा प्रवाह गरेका छन्। पछिल्लो समय निक्षेप निरन्तर बढ्न थालेपछि कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि ८१.५३ प्रतिशत पुगेको छ। प्रणालीमा लगानीयोग्य रकम (तरलता) देखिएसँगै अन्तर बैंकदर ३.२२ प्रतिशत झरेको छ।

प्रतिक्रिया दिनुहोस