सोमबार सेयर कारोबारमा वृद्धि

सोमबार सेयर बजार मापक  परिसूचक नेप्से २२.१४ अंक बढेको छ भने उक्त अंकको वृद्धि बाट  २७६० मा कायम आजको कारोबार  भएको छ । त्यस्तै परिसूचक सँगै कारोबार रकम पनि बढेको नेप्सेको रिजल्टले देखाएको छ । अघिल्लो दिनमा ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको हो भने  आज सोमबार भने

११ अर्ब ३१ करोडको  वृद्धि कारोबार भयो ।जम्मा  १४३ कम्पनीको मूल्य बढ्दा ९२ को  घटेको छ  भने ९ को स्थिर नै  रह्यो । आजको दिन क्षेत्रगत सूचक लाई हेर्दा  मिश्रित प्रतिक्रिया  देखियो । माइक्रोफाइनान्स को  सूचक सबैभन्दा धेरै ३.२ %  बढ्यो ।   साथै  साहस उर्जाको सर्वाधिक सेयर कारोबार भयो भने  यो कम्पनीको ३८ करोड १७ लाख बढीको कारोबार भयो ।  हिमालयन रि इन्स्योरेन्सको २६ करोड १५ लाख,अरुण भ्याली हाईड्रोको २५ करोड १० लाख र सानिमा माई हाईड्रोको २२ करोड ७६ लाख बढीको सेयर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस