मंगलबार शेयर बजारमा ८ अर्ब माथीको कारोबारमा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा  दोहोरो अंकले घटे संगै कारोबार रकम केही बढेको छ । यस्तै  नेप्से परिसूचक १२.५८ अंकले घटेको छ भने  अन्तिम नतिजा  २ हजार ६ सय ८३.१५ विन्दुमा कायम भएको हाे ।

मंगलबार ६६ कम्पनीहरुको सेयरमूल्य बढेको छ भने १९० वटा कम्पनीको घटेको छ । यस्तै, तीन कम्पनी स्थिर छन् । सोमबार आठ अर्ब २२ करोडको कारोबार भएकोमा मंगलबार ८ अर्ब ६३ करोड पुगेको छ । मंगलबार ३२२ वटा धितोपत्रको एक करोड ८७ लाख तीन हजार १८३ कित्ता सेयर किनबेच भएको हो ।
त्यस्तै, मंगलबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ । यसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस