नेपाल बैङ्क लिमिटेडले पौष २९ गते शुक्रवार ६३ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। बैङ्कले साधारण सभा बैङ्कको प्रधान कार्यालय, धर्मपथ, काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७९/०८० को लेखापरीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले पारित गर्नेछ।
सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्नेछ ।