ज्योति विकास बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।
बैंक सञ्चालक समितिको बिहीबार (माघ १९ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ६.८० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस सेयर र ३.८ प्रतिशत नगद लाभांश (करसहित) छन्।
बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।