पुस महिनासम्ममा बैंकहरुको कर्जाको औसत ब्याजदर १२.७९ % पुग्यो

पुस महिनासम्ममा बैंकहरुको कर्जाको औसत ब्याजदर १२.७९ % पुग्यो । राष्ट्र बैंकले सार्वजनिक गरेको पुस महिनाको मासिक तथ्याँक अनुसार कर्जाको ब्याजदर बढ्दै गएको देखिएको हो ।
गत आर्थिक वर्षको पुसम्ममा बैंकहरुको कर्जाको औसत ब्याजदर ९.४४ प्रतिशतमा थियो।

बैंकहरुको लागत बढ्दा उनीहरुको आधार दर बढेको हो । जसले कर्जाको ब्याजदर बढ्दै गएको हो। २०७८ पुसमा वाणिज्य बैंकहरुको औसत आधारदर ८.४२ प्रतिशत रहेकोमा २०७९ पुसमा १०.९१ प्रतिशत कायम भएको छ । यसरी आधार दर बढ्दै जाँदा उनीहरुको कर्जा महँगिएको हो।

प्रतिक्रिया दिनुहोस