महालक्ष्मी विकास बैंकको २१औं वार्षिक साधारणसभा १०.४७ प्रतिशत लाभांश पारित

महालक्ष्मी विकास बैंकको २१औं वार्षिक साधारणसभा बैंकले १०.४७ प्रतिशत लाभांश पारित गरेको छ । सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा साधारणसभा शुक्रबार लैनचौर ब्यांकेट नेपाल स्काउट कम्पाउन्ड लैनचौरमा सम्पन्न भएको हो ।
बैंकले वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र ६.४७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस