शिवम् सिमेन्ट्सको सातौं वार्षिक साधारण सभा सम्पन्न

शिवम् सिमेन्ट्स लिमिटेडले सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। 
शुक्रबार हेटौंडास्थित होटल सामनामा आ.व. २०७८/०७९ को उक्त सभा सम्पन्न गरेको हो। 
कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभामा आ.व. २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। 
उक्त प्रस्तावहरू पारित गर्दै सभा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस