उच्च ब्याजदरको प्रभाव कर्जा प्रवाहमा देखिन थालेको छ । पुस र माघमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा ह्रास आएको हो । पुसमा निक्षेप संकलनको तुलनामा ५७ र माघमा ४४ प्रतिशत मात्र कर्जा प्रवाह भएको छ ।
माघमा २५ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकको मात्र हिस्सा साढे २३ अर्बभन्दा बढी छ । त्यस्तै कर्जा प्रवाहमा पनि एनआईसी एसियाको हिस्सा शतप्रतिशतभन्दा बढी छ ।
बैंकमा लगानीयोग्य रकम अभाव भएपछि उच्च ब्याज दिएर निक्षेप संकलन गरिरहेका वाणिज्य बैंकहरुले कर्जामा पनि सोही अनुपातमा ब्याज बढाएका छन् । अहिले अधिकांश वाणिज्य बैंकले कर्जामा १५-१६ प्रतिशतभन्दा बढी ब्याज लिइरहेका छन् ।