पाँच निर्जीवन बीमा कम्पनीले संस्थापक सेयर र हकप्रद नै थप गरेर चुक्तापुँजी बढाउन लागेका हुन् । त्यस्तै, लाइफतर्फ भने चार कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न समेत अनुमति पाईसकेको छ। तर नेपाल धितोपत्र बोर्डले भने यस बिषयमा कुनै प्रतिकृया जनाएको छैन ।
जीवन बीमा तर्फ सिटिजन लाइफ, सन नेपाल लाइफ, आईएमई लाइफ र रिलायवल लाइफले संस्थापक सेयर चुक्तापुँजी बढाउने योजना बीमा प्राधिकरणमा पेश गरेका छन् । निर्जीवनतर्फ भने एनएलजी इन्स्योरेन्सले संस्थापक सेयर थप गरेर पुँजी बढाउने योजना प्राधिकरणमा पेश गरेको छ ।
सिटिजन लाइफ, सन नेपाल, आइएमई लाईफ, रिलायवल र एनएलजी इन्स्योरेन्स कम्पनीले भने संस्थापकले थप गर्ने योजना पेश गरेको बीमा प्राधिकरणले जनाएको छ।जसअनुसार उक्त कम्पनीहरुको संस्थापक सेयरधनीहरुले आवश्यकअनुसार पुँजी थप गर्नेछन् । साथै, सर्वसाधारणले पनि सोही अनुपातमा हकपद सेयर खरिद गर्न पाउने छन् ।