३ महिनाको अबधिमा १६ जलविद्युत कम्पनीको अध्यन पुरा

निजी तथा सरकारी ऊर्जा उत्पादकहरले अध्ययन पुरा गरेका १६ जलविद्युत आयोजनाले निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिनएका छन । देशको विभिन्न ठाउँमा पहिचान भई अध्ययन पुरा भएका ८२२.६५ मेगावाटका आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका हुन । 

विभागका अनुसार ३ मेगावाट देखि ४१७ मेगावाट सम्मका १६ जलविद्युत आयोजनाले आवेदन दिएका छन् । आवेदन दिएका आयोजनामध्ये सबै भन्दा ठुलो ४१७ मेगावाटको नाल्स्यु गड जलविद्युत आयोजना रहेको छ । यो आयोजनाको नलगाड हाइड्रो पावर कम्पनी लिमिटेडले २०७९ मंसिर १६ गते निर्माण अनुमतिका लागि आवेदन दिएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस