सानिमा बैंकले ल्यायो नारी दिवस विशेष खाता

सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ । याे योजना आउँदाे चैत १ गतेसम्म लागू हुनेछ ।

योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकहरूलाई बैंकले निःशुल्क  डेबिट कार्ड र मोबाइल बैंकिङ जारी गर्नेछ । यसका साथै ग्राहकहरूलाई कार्ड वा क्यूआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा पाँच सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिनेछ । क्यासब्याक आउँदाे चैत १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस