चैतमा वाणिज्य बैंकहरुले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतममा ८ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछन्। फागुनमा ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म रहेको थियो। उता विकास बैंकहरुले भने मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। विकास बैंकहरुले १ वर्ष वा सोभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत र १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ११.५० प्रतिशत कायम गरेका छन्।
फागुनमा विकास बैंकहरुले १ वर्ष वा सोभन्दा माथि र कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा ११.७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए। विकास बैंकहरुले चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरेका छन्। फागुनमा संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गरेका थिए।
विकास बैंकहरुले बचतको ब्याजदर ०.१५ प्रतिशत बिन्दुले घटेको छ। फागुनमा बचतको न्यूनतम ब्याजदर ६.७५ प्रतिशत रहेकोमा चैतमा भने न्यूनतम ६.६० प्रतिशत कायम गरिएको छ।