चीन–रुस व्यापार मञ्च अन्य देशहरुसँग पारस्परिक सहयोगका लागि इच्छुक
चीनले रुसलगायत अन्य देशहरूसँग पारस्परिकरूपमा लाभदायक सहयोगलाई सुदृढ गर्न, खुला विश्व अर्थतन्त्रको निर्माण गर्न, उच्च गुणस्तरको बेल्ट एण्ड रोडको प्रवर्द्धन गर्न इच्छुक रहेको चिनियाँ प्रधानमन्त्री ली छ्याङले बताउनुभएको छ ।
प्रधानमन्त्री ली छ्याङले चीन–रुस व्यापार मञ्चलाई बधाई सन्देश पठाउँदै दुई देशका प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्न यो मञ्च महत्त्वपूर्ण भएको उल्लेख गर्नुभएको छ ।
चीन रुससँग आर्थिक र व्यापारिक गतिविधि आदानप्रदान र विस्तार गर्न एवम् सहयोग प्रवर्द्धन गर्न इच्छुक रहेको लीले सन्देशमा उल्लेख गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
यो मञ्चले दुई देशका व्यापारिक वर्गलाई आफ्ना गतिविधि आदानप्रदान र सहयोगलाई सुदृढ गर्न राम्रो मञ्च प्रदान गरेको पनि प्रधानमन्त्री ली छ्याङको भनाइ छ ।