ऋणपत्र (Debenture) बित्तीय लगानी र अबसर

ऋणपत्र (Debenture) भनेको के हो?
ऋणपत्र (Debenture) भनेको कुनै कम्पनीले आफ्नो व्यवसाय सञ्चालन गर्न, नयाँ परियोजना सुरु गर्न वा विस्तार गर्न सर्वसाधारण तथा लगानीकर्ताबाट ऋण उठाउन जारी गर्ने वित्तीय साधन हो।
सरल भाषामा भन्नुपर्दा, तपाईंले कुनै कम्पनीलाई पैसा ऋण दिनुभयो र त्यसको बदलामा कम्पनीले तपाईंलाई निश्चित सर्तअनुसार ब्याज दिने तथा तोकिएको समयमा साँवा फिर्ता गर्ने प्रतिबद्धता जनायो भने त्यसलाई ऋणपत्रमार्फत गरिएको लगानी भन्न सकिन्छ।
नेपालमा ऋणपत्र कसरी किन्ने त ?
नेपालमा बैंक तथा वित्तीय संस्था लगायत योग्य संस्थाहरूले ऋणपत्र जारी गर्न सक्छन्। सार्वजनिक निष्कासन भएको अवस्थामा सम्बन्धित विवरणपत्र र आवेदन प्रक्रियाअनुसार लगानी गर्न सकिन्छ।
लगानी गर्नुअघि यी कुरा हेर्नुहोस्:
ब्याजदर कति छ?
ऋणपत्रको अवधि कति वर्ष छ?
ब्याज कति-कति समयमा पाइन्छ?
अवधि सकिनुअघि बेच्न मिल्छ कि मिल्दैन?
जारी गर्ने संस्थाको वित्तीय अवस्था कस्तो छ?
ध्यान दिनुहोस्: ऋणपत्रमा ब्याजदर तोकिएको भए पनि साँवा र ब्याज फिर्ता हुने कुरा जारीकर्ताको ऋण तिर्ने क्षमतामा निर्भर हुन्छ। त्यसैले यसलाई शतप्रतिशत जोखिमरहित लगानी मान्नु हुँदैन।

प्रतिक्रिया दिनुहोस