अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने आकलन गरेको छ ।
आर्थिक बर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित भएको प्रक्षेपण पनि IMF ले नै गरेको छ ।
आईएमएफ(IMF) ले सार्वजनिक गरेको उसको फ्ल्यागसिप प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ (डब्लूईओ) को अक्टोबर संस्करणले यस्तो प्रक्षेपण गरेको हो नेपाल सरकारले चालु आर्थिक बर्षमा ७ % आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । तर आईएमएफ मात्रै होइन, केही दिनअघि विश्व बैंकले पनि ३.७ प्रतिशत नै आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । १० भदौमा आएको रसुवा बाढीका कारण चालु आवको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकले अनुमान गरेको थियो । विश्व बैंकको ‘नेपाल डेभलपमेन्ट अपडेट’ का अनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि सुरु हुँदा आर्थिक क्रियाकलापमा टेवा पुग्ने भएकाले २०८४/८५ मा चाहिँ आर्थिक वृद्धिदर ५.२ प्रतिशत उक्लिन सक्ने छ ।
आईएमएफले चालु आव २०२७ मा मूल्यवृद्धि भने ५.८ प्रतिशत हुने अनुमान गरेको छ । गत आव २०२६ मा मूल्यवृद्धि दर ३.१ प्रतिशत मात्रै भएको आईएमएफ प्रक्षेपण छ । नेपाल राष्ट्र बैंकले पनि गत आव ३.०८ प्रतिशत मूल्यवृद्धि भएको जनाएको छ ।