बुधबार शेयर बजार ३ अर्ब माथी कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.३८ अंकले घटेर २ हजार ५७२.३४ मा  नै कायम भएको छ । ठूला मानिएका  कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नेप्से पनि शून्य ०.६३ अंकले ले घटे पछि ४६१.२२ मा पुगेको छ । त्यसैगरी  फ्लोट सूचक शून्य दशमलव २६ अंकले घटेर १७७.४५ मा पुगेको छ  साथै सेन्सेटिभ फ्लोट सूचक ०. १९ अंकले घट्दा १५५.६५ मा पुगेको छ । बुधबार समग्रमा  विभिन्न कम्पनीका १ करोड तीन लाख ६८८ कित्ता सेयर तीन अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ मूल्यमा खरिद बिक्री भएको छ ।
जहाँ  १३ उपसमूहमध्ये एक उपसमूह बढ्यो  अबस्थामा भने १२ उपसमूह घटेको छ । त्यसैगरि बुधबार १०० कम्पनीको सेयर बढ्यो भने १६७ कम्पनीको सेयर घट्यो । त्यसैगरी १२ कम्पनीको सेयर भने  स्थिर रहन गयो । बुधबार घलेम्दी हाइड्रोपावर, एनआईसी एसिया ब्यालेन्स फण्ड, इङवा हाइड्रोपावरलगायतका लगानीकर्ताले  राम्रो आम्दानी गर्न सफल भएका छन् । 
शेयर बजार अहिले खासै माथी उठ्न नसक्दा केही पुराना लगानीकर्ता  लगानी गर्न पछि परेको देखिन्छ भने नया लगानी कर्ता भने सेयर किनेर बाजा चलायमान बनाएका छन ।

प्रतिक्रिया दिनुहोस