नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिएको छ। योसँगै आईएमई लाइफ नेपालको बीमा क्षेत्रमा पहिलोपटक प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी भएको छ।
सेबोनले आज (जेठ २३ गते) आइएमई लाइफ इन्स्योरेन्सलाई आईपीओ जारी गर्न अनुमति दिएको हो। सेबोनले यो कम्पनीलाई चुक्तापुँजीको ३० प्रतिशतबराबरको आईपीओ बिक्री खुला गर्न अनुमति दिएको छ।
सेबोनको अनुमतिसँगै अब कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीले १०० अंकित दरमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३६.९१ रुपैयाँ आईपीओ बिक्री खुला गर्नेछ।