डिजिटल बैंकिङमा देशको अग्रणी बैंकको रुपमा स्थापित एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरुलाई विभिन्न आकर्षक सुविधासहितको ‘क्यूआर मर्चेन्ट एक्टिभेसन’ योजना सार्वजनिक गरेको छ।
डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राहीसमक्ष पुर्याउने हेतुले बैंकले ल्याएको यो योजना २०८० आसार मसान्तसम्म सञ्चालन हुनेछ भने उक्त समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरुमात्र यस योजनामा समावेश हुनेछन्। देशभर २ लाखभन्दा बढी मर्चेन्टमाझ उपस्थिति जनाइसकेको यो बैंकले क्यूआर भुक्तानीलाई प्रोत्साहन गर्ने हेतुले विभिन्न कम्पनीहरुसँगको समझदारीमा पहिलोपटक कारोबार गर्ने मर्चेन्टहरुलाई सम्बन्धित साझेदार कम्पनीहरुमार्फत आकर्षक लाभको व्यवस्था गरेको छ।