बैंकिङ प्रणालीमा तरलता सहज हुँदा अन्तरबैंक ब्याजदर घट्यो

बैंकिङ प्रणालीमा तरलता सहज हुँदा अन्तरबैंक ब्याजदर घटेर ५ प्रतिशतकाे हाराहारीमा झरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर ६ प्रतिशत तल आएको हो।
जेठ ३१ गते अन्तरबैंक ब्याजदर ५.७४ प्रतिशतमा झरेको छ। यसअघि लामो समयसम्म ७ प्रतिशत कायम रहेको अन्तरबैंक ब्याजदर जेठ ३० गते ६.१३ प्रतिशत थियो।
अन्तरबैंक ब्याजदर घट्नुले वित्तीय बजारमा लगानीयोग्य पुँजी (तरलता) सहज हुँदै गएको संकेत गर्छ। यसलाई बैंकिङ प्रणालीमा पैसा सहज हुँदै गएको मान्न सकिन्छ।
पछिल्लो ११ दिनमा बैंकिङ प्रणालीमा २५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। गत जेठ २० गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा जेठ ३१ गतेसम्म बढेर ५५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस