आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ आज शनिबार बाँडफाँड गरियो

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ आज शनिबार बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम क्यापिटलको सुन्धारास्थित कार्यालयमा बिहान ११ बजे राखिएको थियो। 

कम्पनीले गत असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लािग आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट आफ्नो जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको थियो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३६.९१ रुपैयाँमा आईपीओ जारी गरेको थियो। 

प्रतिक्रिया दिनुहोस