ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ७ मा पहिचान भएको ६० मेगावाटको माथिल्लो तमोर ‘ए’ जलविद्युत आयोजना निर्माण गर्न करिब १३ अर्ब रुपैयाँ लागत लाग्ने भएको छ । आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदनका अनुसार आयोजना निर्माण पूरा गर्न साे लगानी आवश्यक पर्ने देखिएको हो ।
प्रवर्द्धक युनियन हाइड्रो पावर लिमिटेडले तयार पारेको इआइए प्रतिवेदनअनुसार आयोजना सम्पन्न गर्न १२ अर्ब ८५ करोड ९० लाख रुपैयाँ लाग्ने देखिएको छ । जसअनुसार प्रतिमेगावाट लागत २२ करोड २१ लाख रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।
कम्पनीको आयोजना सम्भाव्यता अध्ययन भइसकेको छ भने इआइए प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइसकेको कम्पनीले जनाएको छ ।
आयोजनासम्म पुग्नका लागि करिब २० किलोमिटरको पहुँचमार्ग निर्माण गर्नुपर्ने छ