बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनरकर्जा दिन राष्ट्र बैंक सहमत

बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर पुनरकर्जा दिन नेपाल राष्ट्र बैंक सहमत भएको छ। राष्ट्र बैंक, इप्पान र बैंकर एसोसिएसनबीच मंगलबार भएको त्रिपक्षिय छलफलमा यस्तो सहमति बनेको हो। छलफलमा बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर पुनरकर्जा दिन, ब्याज पुँजीकरण गर्न र कर्जा पुनर्संरचना गर्न राष्ट्र बैंक सहमत भएको छ।

प्रतिक्रिया दिनुहोस