सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
उक्त सभाले गत आर्थिक वर्ष २०७९/८० को  मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश करसमेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । 
सभाले आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नुको साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव २०७९/८० को नाफा नोक्सानको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु स्वीकृत गरेको छ । 

प्रतिक्रिया दिनुहोस