२२.५ मेगावाटको जलविद्युत आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा कृषि विकास बैंक र माछापुछ्रे बैंकले लगानी गर्ने

ग्याग्दीको राघुगंगा गाउँपालिका वडा नम्वर ७ र ८ को माथिल्लाे ठूलो खोलामा निर्माणाधीन २२.५ मेगावाटको ठूलो खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाईमा कृषि विकास बैंक र माछापुछ्रे बैंकले लगानी गर्ने भएका छन् । बैंकहरूले कूल लगानीको ७५ प्रतिशत ऋण लगानी गर्ने भएका हुन् ।आयोजना लगानी गर्नका लागि सोमबार (असोज २९ गते) बैंक तथा प्रवर्द्धक ठूलो खोला हाइड्राे पावर कम्पनीबीच सम्झौता भएको छ । लगानी सम्बन्धी सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स बैंकका कन्सोर्टियम/पूर्वाधार बैंकिङ एकाइका प्रमुख रोसन मल्लले हस्ताक्षर गरे । आयोजनामा ३ अर्ब ९४ करोड रुपैयाँ लागत लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस