दशैं लगतै पाँच कम्पनीको आईपीओ आउदै

दशैं लगतै पाँच कम्पनीको आईपीओ आउने भएका छन्। नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाइसकेका यी पाँच कम्पनीले दशैंलगतै सर्बसाधारणमा आईपीओ जारी गर्ने भएका हुन्।अहिले भिजन लुम्बिनी उर्जा, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेरहाउजिङ कम्पनी, हिमालयन रि इन्स्योरेन्स र सर्बोत्तम सिमेन्टले धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन्।यी मध्ये भिजन लुम्बिनी उर्जाले सर्वसाधारणमा दशैँ लगतै आईपीओ जारी गर्ने गरी सूचना निकालेको छ। कम्पनीले कात्तिक १६ गतेदेखि सर्बसाधारणमा आईपीओ जारी गर्ने भएको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
यसैगरी सर्बोत्तम सिमेन्टले पनि दशैं लगतै सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ। सिमेन्टले बुक विल्डिङको माध्यमबाट २४ लाख कित्ता शेयर बिक्री गर्ने तयारी गरेको हो।

प्रतिक्रिया दिनुहोस