चिनियाँ स्टार्टअप कम्पनी होजोन मोटर्सको पछिल्लो उत्पादन नेटा एक्स नेपालमा बुकिङ खुल्ला भएको छ । सिजी मोटर्सले नेटा एक्स मार्चमा डेलिभरी दिनेगरी बुकिङ खुल्ला गरेको हो ।
यसअघि नाडा अटो शोमा नेटा यू मोडल ल्याएर कम्पनीले बुकिङ लिएको थियो । तर, त्यसपछि चुपचाप बसेको सिजी मोटर्सले अबभने आधिकारीक रुपमा नै बुकिङ लिन सुरु गरेको हो ।
अहिले नै एसको आधिकारीक मूल्य निर्धारण नभएपनि ५२ लाख हाराहारी मूल्य रहने कम्पनी स्रोतले जानकारी दियो । मूल्य र फिचरको हिसावले नेटा एक्सको प्रतिस्पर्धा एमजी जेडएस ईभी र बीवाइडी एटो थ्रीसँग हुने देखिन्छ ।