ग्लोबल आईएमई बैंक बन्यो सबैभन्दा धेरै कर तिर्ने बैंक

ग्लोबल आईएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।

आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा बिहीबार आयोजना गरेको कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आईएमई बैंकलाई सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस