डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ।
काठमाण्डौमा मंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ- २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पेलाई एक्सिलेन्स इन फिनटेक पार्टनरसिप अवार्डबाट सम्मानित गरेको हो।यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टतामार्फत् वित्तीय पहुँचको विस्तार गर्नुका साथै नव प्रवर्तनका लागि आइएमई पे र भिजाबीचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्दछ। आइएमई पे ले हाल भिजासँगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको छ ।