नेपाल राष्ट्र बैंकले १७ अर्ब ११ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको १७ अर्ब ११ करोड २५ लाख रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो।
जहा २८ दिनको ५ अर्ब रुपैयाँ, ९१ दिने १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल रहेका छन्। यी ट्रेजरी क्रमशः माघ ९ गते, चैत १३ गते र २०८१ पुस ९ गते परिपक्व हुदैछन ।
यी ट्रेजरी बिल पुस ११ गते जारी हुनेछ। यसको बोलकबोल पुस ८ गते दिउँसो २ बजे हुनेछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।