सिटिजन्स बैंक इन्टरनेशनल द्वारा चितवनमा सहयोग

सिटिजन्स बैंक इन्टरनेशनलले चितवनको रत्ननगरस्थित झुवानी माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री  प्रदान गरेको छ । 

विभिन्न किसिमका अपांगता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपालसँगको सहकार्यमा कम्पनीले उक्त सहयोग प्रदान गरेको हो । 

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप १ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा उनले दृष्टिविहीन तथा अन्य अपांगता भएका बालबालिकाहरुसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्री प्रदान गर्न पाउदाँ सांकेतिक रुपमा समाजप्रतिको उत्तरदायित्वलाई आत्मसाथ गरेको बताए ।

प्रतिक्रिया दिनुहोस