निसानको नयाँ गाडी नेपालमा सार्वजनिक भएको छ ।
निसान गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पाइनियर मोटो कर्पले शुक्रबार निसानको नयाँ एक्स ट्रायल सार्वजनिक गरेको हो।
हाइब्रिडसहितको यो गाडीको मूल्य १ करोड ८७ लाख रुपैयाँ रहेको छ। आधुनिक डिजाइन र अटो उत्पादनमा नयाँ प्रविधि अपनाएर नयाँ एक्स ट्रायल बनाइएको कम्पनीले दाबी गरेको छ।
सेभेन सिटर भएको सो हाइब्रिड गाडी चलाउँदा इभी ड्राइभको अनुभव लिन सकिने पाइनियर मोटो कर्पमा प्रबन्ध निर्देशक सन्दीप शारदाले जानकारी दिए। निसानको नयाँ एक्स ट्रायल हाइब्रिड गाडी एक्स ट्रायलको चौथो जनेरेसन हो।