नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक २०७९-८० मा ३ अर्ब रुपैयाँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक २०७९-८० मा ३ अर्ब रुपैयाँ भन्दा धेरै खुद सञ्चालन मुनाफा आर्जन गरेको छ । यस प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख नाफा आर्जन गरेको उल्लेख छ ।

प्राधिकरणको पुँजिगत खर्च तर्फ ७ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ, कार्य सञ्चालन खर्च तर्फ ४ अर्ब २२ करोड ९९ लाख,  आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड ५ लाख रुपैयाँ गरी जम्मा १५ अर्ब ८२ करोड ४३ लाख खर्च भएको जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस