विदेश शैक्षिक कार्यक्रममा  ४७ अर्ब ३४ करोड बराबरको खर्च

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आकडानुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीलेहरुले विदेश शैक्षिक कार्यक्रममा  ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेकाछन् ।
नेपालको केन्द्रिय बैंक समेत रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई ८५ अर्ब एक करोड पुगेको छ ।

त्यसमध्ये शिक्षातर्फको खर्च  ४७ अर्ब ४१ करोड पुगेको हो  । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रहेको थियो । गत मंसिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोडले घाटामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस