साताको पहिलो दिन शेयर कारोबारमा वृद्धि

साताको पहिलो दिन शेयर कारोबारमा वृद्धि छाएको छ पहिलो दिन आइतबार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेकाे छ भने  नेप्से परिसूचक ७५.२४ अंकले बढेर दुई हजार आठ सय ९० को विन्दुमा पुग्न  भएको छ । जहा दुई २.६७ % को वृद्धि  हो ।

आइतबार  ३०२ कम्पनीका दुई करोड ९१ लाख ६६ हजार छ सय ५६ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ९६ पटक खरिदबिक्री हुँदा १४ अर्ब २५ करोड चार लाख ७५ हजार सात सय ३६ को हाराहारीमा कारोबार भयो । म्युचुअल फन्ड समूहको उपसूचक १. २७ % ले घटेको छ भने अरु सबै समूहको उपसूचकहरुमा हरियाली नै छाएको छ ।

साथै  सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ४.७९, जीवन बीमा समूह चार दशमलव ३१, होटल तथा पर्यटन चार दशमलव २८ र वित्त समूह चार दशमलव २८ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेञ्ज नेप्से ले जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस