चालु आर्थिक वर्षको ८ महिनासम्ममा रेमिटेन्स १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ आएको नेपाल राष्ट्र बैंकको भरखरै प्रकाशित नेपालको बर्तमन आर्थिक अबस्थाको डाटामा उल्लेख गरिएको छ । प्रत्येक महिना लाई हेर्दा औषतमा १ खर्ब ३१ अर्ब ४७ करोड रहेको छ । राष्ट्र बैंकले बुधबार जारी गरेको यो वर्षको ८ महिनासम्मको आर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिटेन्स अमेरिकी डलरमा ७ अर्ब ७४ करोड आएको छ ।
यस्तै विदेशी विनिमय संचिति २४ खर्ब ९ अर्ब भएको छ । फागुनसम्ममा महँगी (मुद्रास्फीति ) ३.७५ % रहेको छ । यस्तै यो महिनासम्ममा आयात ११.२ प% ले र निर्यात ५७.२ % ले बढेको छ ।
रेमिटेन्स आप्रवाह नेपाली रुपैयाँमा ९.४ % ले र अमेरिकी डलरमा ६.९ % ले बढेको छ । शोधनान्तर स्थिति ३१० अर्ब ३७ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको छ भने यो महिनासम्ममा सरकारको खर्च ८३९ अर्ब ३६ करोड र राजस्व परिचालन ७२० अर्ब ३५ करोड रहेको छ । यस्तै विस्तृत मुद्राप्रदाय ४.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ % ले बढेको छ