शेयर बजार कारोबार आज मंगलबार ३०४ कम्पनीको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा शून्य दशमलव १४ अंकले घटेर बजार कारोबारको आकडा २  हजार ६ सय ८३.८६ को विन्दुमा आएर  टुङ्गो लागेको छ ।  बजार कारोबार आज मंगलबार ३०४ कम्पनी मध्य  एक करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ५६ हजार २७६ पटक खरिदबिक्री समेत भएको छ  । मंगलबार  शेयर बजार खासै फस्टाएको देखीएन तर पनि अर्ब माथि को कारोबार भएको छ । मंगलबार विकास बैंक समूहको अवस्था हेर्दा शून्य दशमलव ४१, वित्त छेत्र लाई हेर्दा एक दशमलव २५, जलविद्युत्  सेक्टरमा शून्य दशमलव ५९, लगानी शून्य दशमलव ०८, उत्पादन   प्रशोधन शून्य दशमलव ३७, लघुवित्त शून्य दशमलव ०७ र व्यापार शून्य दशमलव ३८ प्रतिशतले बढेको देखीएका छन् भने अन्य सबैजसो समूहको उपसूचक घटेको नेप्सेको बजार नतिजाले देखाएको छ ।नेपालको आर्थिक बिकासमा योगदान पुर्याउने बैंकिङ छेत्र शून्य दशमलव ३७, होटल तथा पर्यटन शून्य दशमलव ०१, म्युचुअल फन्ड शून्य दशमलव ०९, निर्जीवन बिमा शून्य दशमलव ३७ र अन्य समूह शून्य दशमलव ७७ प्रतिशतले घटेको  नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस