बिश्व अर्वपती क्लबमा पुगेको चौधरी ग्रुपले सरकारलाई बुझायो करिब २५ अर्ब ५९ करोड कर

नेपाली ब्यापारीक छेत्र आफ्नो छुट्टै इस्था ओगट्नु सफल चौधरी ग्रुप ( chaudhary group ) ले गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ बराबरको कर तिरेको CG ले जानकारी  छ । जहाँ कूल राजस्वको २ %  हाराहारी हुने रकम तिरेको सि जि ग्रुपले जनाएको छ । देशमा अस्थिर राजनिती , सुस्त आर्थिक वृद्धि र  गतिविधि साथै  चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा रहेर पनि आफूले सरकारको राजस्वमा उल्लेखनीय योगदान दिएको चौधरी ग्रुपले जानकारी दिएको छ ।


अघिल्लो आव २०८०/८१ मा ग्रुपले  १८ अर्ब ५२ करोड रुपैयाँ कर तिरेको थियो भने यो वर्ष ७ अर्ब बढी कर राज्य ढुकुटीमा दाखिला गरेको हो । यसले सीजीको लगानी वृद्धिदर तीव्र गतिमा रहेको प्रष्ट हुनेसमेत कम्पनीको भनाइ छ । सीजीले पछिल्लो ५ वर्षमा सरकारलाई ९२ अर्ब २६ करोड रुपैयाँ बराबर कर तिरेको जानकारी सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । साथै चौधरीका  अनुसार ग्रुपले स्थापित तथा नयाँ दुवै व्यवसाय विस्तार मार्फत राजस्व योगदान बढाउँदै लगिरहेको छ ।

प्रतिक्रिया दिनुहोस