नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंक नेपाल रास्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण मार्फत निक्षेप संकलनमार्फत ७ दिनका लागि उक्त रकम झिक्न लागिएको हो ।
पछिल्ला दिनहरुमा राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा तान्दै आएको छ । सोही अनुरुप आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने केन्द्रिय बैंकले जनाएको छ ।