शेयर बजार बुधबार छायो हरियाली

केहि दिन यता लगातार घटिरहेको शेयर बजार कारोबारमा आज भने उच्च अंकको नेप्से परिसूचक वृद्धि हुदा कारोबारमा पनी सुधार आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.७० % अर्थात ४४.५९ अंकले बढेर २ हजार ६५२.९३ विन्दुमा पुगेको छ । यससँगै बलिया तथा ठूला मानिएका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२७ प्रतिशतले बढेर ४५८.५७ विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृत ३६२ वटा स्क्रिप्टको ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८६ करोड ११ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब २५ करोड ८७ लाख मात्रको सेयर कारोबार भएको थियो। आज सर्वाधिक कारोबार हुने कम्पनी मध्यमा लक्ष्मी सनराइज बैंकको सर्वाधिक सेयर कारोबार भयो । यो बैंकको आज २८ करोड ८४ लाख बढीको सेयर किनबेच कारोबार भयो । यस्तै रिलायन्स स्पीनिङ मिल्सको १७ करोड ५१ लाख, आँखुखोला जलविद्युतको १७ करोड २६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ३७ लाख बढीको सेयर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस